
काभ्रे । काभ्रेपलाञ्चोकका स्थानीय तहले वडास्तरमा स्वास्थ्य शिविरको आयोजना गरी नागरिकको स्वास्थ्यमा देखिएका समस्या पहिचान तथा उपचार गरिरहेका छन् । अस्पतालको प्राविधिक सहयोग लिई आयोजित शिविरमा देखिएका गम्भीर स्वास्थ्य समस्यामा स्थानीयले तहले निःशुल्क उपचार गर्ने व्यवस्थासमेत मिलाएका छन् ।
तेमाल गाउँपालिकाले गत सोमबारदेखि नौ दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सुरु गरेको थियो । नेपाल नेत्रज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल, शिर मेमोरियल अस्पताल र जर्मन रोटरी स्वयंसेवक चिकित्सकसहित स्वास्थ्यकर्मीको प्राविधिक सहयोगमा गाउँपालिकास्थित विभिन्न स्वास्थ्य चौकी एवं पायक पर्ने स्थानमा आयोजित शिविरमा करिब दुई हजारले सेवा लिएको जनाइएको छ । गाँउपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवहरि पाठकका अनुसार शिविरमा विशेषगरी स्वाशप्रस्वाश, आँखा, दाँत, खकार तथा एचआईभीको परीक्षण गरिएको छ ।
शिवरमा हालसम्म २३ जनामा मोतियाविन्दु तथा सात जनामा क्षयरोगको समस्या देखिएको पाठकले बताउनुभयो । सामान्य स्वास्थ्य समस्या भएकालाई स्थानीयस्तरमै उपचार एवं औषधि प्रदान गरिएको छ । गम्भीर प्रकृतिका समस्या देखिएकालाई अस्पतालको समन्वयमा उपचार एवं शल्यक्रिया गरिने जनाइएको छ । गाउँपालिकाले शिविरमा स्वास्थ्य परीक्षणसँगै नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
आइतबार खानीखोला गाउँपालिका–७ मिल्चेमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँ सहकार्यमा निःशुल्क आँखा शिविरको आयोजना गरिएको थियो । शिविरमा २ सय ९ जनाको आँखा परीक्षण गरी आँखाका रोगीलाई निःशुल्क रुपमा औषधि वितरण गरिएको थियो ।
शनिबार पनौती नगरपालिका–२ कुशादेवीमा आयोजित वृहत स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, नाक–कान–घाँटी, छाला रोग, जनरल मेडिसिन गरी दुई सय ५५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । काठमाडौँस्थित अल्का अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्वास्थ्य समस्या देखिएका बिरामीलाई उपचारको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले बताउनुभयो । नगरप्रमुख रामशरण भण्डारीले आफूहरु नागरिकको स्वास्थ्यप्रति सचेत रहेकाले समय–समयमा स्वास्थ्य शिविरमार्फत् नागरिकलाई स्थानीयस्तरमै सेवा प्रदान गरिरहेको बताउनुभयो ।
बिहीबार रोशी गाउँपालिका–११ भीमखोरीमा आयोजित आयुर्वेद स्वास्थ्य शिविरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कार्यालयका आयुर्वेद चिकित्सक, कविराज, वैद्यहरुले स्वास्थ्य परीक्षणसँगै निःशुल्क औषधि वितरण गरेका थिए । शिविरमा एक सय ५७ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले प्रत्येक वर्ष गाउँपालिकाका दुई÷तीन स्थानमा आयुर्वेदसम्बन्धी स्वास्थ्य शिविर गर्दै आएको बताउनुभयो ।
लामाका अनुसार गत मङ्गलबार वडा नम्बर १, २ र ३ लाई लक्षित गरेर शिखरमा आयोजना गरिएको शिविरमा एक सय ५५ स्थानीयवासीले सेवा लिएका थिए । यसअघि वडा नं ९ स्थित मङ्गलटारमा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जनाले सेवा लिएका छन् ।
वडा नम्बर ७, ८, ९, १०, ११ र १२ का र तेमाल गाउँपालिका–८ लगायतका स्थानीय शिविरबाट लाभान्वित भएका हुन् । उक्त शिविरमा ६७ जनाले सामान्य चिकित्सा, ५१ ले स्त्रीरोग, २६ ले भिआइए सेवा, ९७ ले हाडजोर्नी सम्बन्धी र १६ जनाले सामान्य सर्जरी सेवा तथा समस्या देखिएका नागरिकले औषधि लिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय