+

सरोकारवाला भन्छन् – सहकारी समस्यामा पात्र कि सिद्धान्त दोषी ?

काठमाडौँ । सरोकारवालाले सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिद्धान्त कि पात्र दोषी हो पहिल्याउनु बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड पुल्चोकमा सहकारी सम्वन्वय सञ्जालको ५२ औं बैठकका सहभागीले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो ।  सहकारी क्षेत्रमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्न राज्य र सहकारीको समन्वयकारी भूमिका हुनुपर्ने उहाँहरुको  जोड छ ।


कार्यक्रममा सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरे सहकारी क्षेत्रमा देखिएका समस्याको भागेदार सहकारीको नीति सिद्धान्त कि पात्र दोषी हो पहिल्याउनु पर्ने बताउनु भएको छ । बिहीबार सहकारी सम्वन्वय सञ्जालको ५२ औँ बैठकमा बोल्दै घिमिरेले सहकारीमा देखा परेका यावत खाले समस्यालाई उचित ढंगबाट पहिचान गरी समाधान गर्नुपर्ने बताउनुभयो  । उहाँले  फलाम तालेको बेलामा हाने मात्र उचित आकार ग्रहण गर्ने भन्दै सहकारीहरुको अहिलेको अवस्था पनि त्यस्तै भएकोले सहकारीको नीति सिद्धान्त मूल्य मान्यतामा समस्या हो कि संचालकका रुपमा रहेका पात्रहरुको समस्या हो पहिचान गर्नुपर्नेमा उहाँको जोड छ । समाजवाद उन्मुख अर्थतन्त्रको पहिलो कुटकिलो, पूँजीवादको चंगुलबाट भुइँमान्छेहरु जोगाउने सहकारी क्षेत्रमा आएका यावत खाले समस्याले राम्रा काम गरेका सहकारीप्रति पनि हेर्ने दृष्टिकोण बदलिएको भन्दै सहकारी सरकार र सिंगो सरोकारवालाको सहकार्य र समन्वय जरुरी भएको बताउनुभयो । उहाँले विभागले सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका खातिर अनुगमन प्रकृया शुरु गरेको भन्नै यस्मा सबै पक्षको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा बसेको बैठकमा विभागका रजिष्टार घिमिरे सहित पशु सेवा विभागका रजिष्टार डा उमेश दाहाल,नेपाल वचत तथा ऋण सहकारीका चन्द्रप्रसाद ढकाल,नेपाल सूचना तथा सञ्चार सहकारी संघ लिमिटेडका मनकुमारी जिसी,नेपाल मौरी पालन केन्द्रीय सहकारी संघका जानुका थापा,  नेपाल केन्द्रीय उपभोक्ता संघका चन्द्रबहादुर ठकुरी, नेपाल नगरपालिका संघका कलानिधि देवकोटा लगायतका वक्ताले सहकारी क्षेत्रमा समसामयिक मुद्धा चुनौति र समाधानमा सहकारी र सरकारको साझा अभियान  जरुरी भएको भन्दै केही कम्जोरीका कारण समग्र सहकारी क्षेत्र वदनाम भएकोप्रति चिन्ता जाहेर गर्नुभयो । 

वक्ताहरुले धारणा राख्ने क्रममा सहकारी ऐन ०७४ कार्यान्वयनमा ढिलाई भएको साथै सहकारीलाई सहकारीको  सिद्धान्त विपरीत कम्पनी र फेमेली मोडलबाट चलाउन खोज्दा पनि समस्या आएको बताउनुभयो। उहाँहरुले सहकारीको  सिद्धान्त विपरीत अवैध सहकारीले अवैध ठाउँमा लगानी गर्दा पनि समस्या आएको बताउनुभयो ।

बैठकले केही सहकारी संस्थाले सदस्यहरुको बचत फिर्ता गर्न नसक्दा सहकारी क्षेत्र नै वदनाम हुने जोखिम बढ्दै गएकोले सम्बन्धित संस्थाको लगानी असुली तथा जायजेथा बेचविखन गरी सदस्यहरुको बचत फिर्ता एवं ऋणीले भुक्तानी गर्नुपर्ने ऋण रकम असुली कार्यमा सहजीकरण गर्न सम्वद्ध सबै पक्षलाई आव्हान गर्ने निर्णय गरेको छ ।

सहकारी क्षेत्रप्रति देखिएको गलत प्रचार बाजीलाई निराकरण गर्दै आम समुदायलाई आश्वास्त पार्नका लागि सहकारीले उत्पादन  वृद्धि ,वित्तिय सेवा प्रवाह,रोजगार सृजना गर्न तथा सामाजिक सशक्तिकरणमा पुर्याएको योगदानको प्रचार प्रसार गर्दै सहकारीको जनप्रियता वृद्धि गर्न संजालमा आवद्ध निकाय तथा संघ संस्थाले विभिन्न प्रवद्धनात्मक  कार्य गर्ने समेत निर्णय गरेको छ । आगामी वार्षिक नीति तथा कार्यक्रममा सहकारी क्षेत्र मार्फत उत्पादन वृद्धि रोजगार सृजना तथा गरिबी निवारणका लागि ठोस नीति  योजना र कार्यक्रम सहकारी महासंघद्वारा पहल कदमी गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै