
नवलपरासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका—६ का आगलागी पीडित एघार परिवारलाई नगद राहत दिइने भएको छ ।
गत शुुक्रबार दिउँसो लागेको आगलागीबाट घरबारविहीन भएका परिवारलाई नगद राहत दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घर जलेर पूर्णक्षति भएकापरिवारलाई प्रतिपरिवार ७० हजार, आंशिक क्षति भएकालाई ४० हजार रुपैयाँ र कम क्षति भएकालाई अवस्था हेरेर नगद राहत उपलब्ध गराइने निर्णयभएको छ ।
एउटा पसलमा लागेको आगो अन्य घरमा सल्किएको थियो । आगलागीबाट चार घरमा पूर्ण क्षति भएका र अन्य घरमा पनि क्षति पुगेको पालिकाको वडा नम्बर ६ निवासी चन्ना धोवीले बबताउनुभयो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आगलागीबाट क्षति भएका परिवारलाई उचित राहतका लागि पहल भइरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा