
नेपालगञ्ज । बाँकेमा नयाँनयाँ किसानले चैते धानखेती गर्न थालेका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, वैजनाथ र डुडुवा गाउँपालिकाका किसानले नयाँ अनुभव हासिल गर्न भन्दै चैते धानखेती गर्न लागेको बताएका छन् ।
पहिलो पटक चैते धानखेती गर्नुभएकी वैजनाथ–६ का किसान गीता खत्रीले चैते धानखेतीमा धमिरो लाग्ने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताउनुभयो ।
उहाँले वर्षे धानखेतीभन्दा चैते धानखेतीमा बढी मेहनत गर्नुपर्ने र उक्त धानखेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गर्नुभयो । करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानखेती गर्नुभएकी खत्रीले बीउको ब्याड राख्न नजानेरसमेत समस्या झेल्नुपरेको बताउनुभयो ।
कृषि ज्ञानकेन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षबाट चैते धानखेती सुरु गरेको जानकारी दिनुभयो । उहाँले चैते धानखेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते पाँच जातको धानखेती भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘चैते धानखेतीमा किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकैखेती पनि गरेका छन् ।’ अधिकृत यादवले अहिले चेते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै वर्षे धानलाई जस्तै प्रशस्त पानी नचाहिने बताउनुभयो ।
कृषि ज्ञानकेन्द्र ३१ हेक्टर, केही किसानले आफ्नै लगानीमा र केही बीउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्षेत्रफल जमिनमा चैते धानखेती गरिएको छ । यस वर्ष जिल्लाको वैजनाथ–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा–३ को सूर्य, लालपुर्जा र बनकट्टि, राप्तिसोनारीको फत्तेपुर तथा खजुरा–२ को के गाउँमा चैते धानखेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गाउँपालिकामा निर्माण भएका विभिन्न कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय