
काभ्रे । धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ ।
तामाङ समुदायको बाहुल्यता रहेको त्यस स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल छ्योर्तेन निर्माण गरिएको स्थानीय कुमारसिंह तामाङले बताउनुभयो । त्यो ठाउँमा करिब ६० घरधुरी बौद्धमार्गी तामाङको बसोबास छ ।
तामाङका अनुसार त्यहाँ धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण धार्मिक तथा पितृकर्म गर्न समस्या भइरहेको थियो । त्यही समस्यालाई मध्यनजर गरी प्रगति युवाक्लब गठन गरेर छ्योर्तेन निर्माण गरिएको उहाँको भनाइ छ ।
‘विनाबजेटमा गाउँमाथि रहेको चिहानघाटमा बनाएका अधुरा संरचना निर्माणका काम शुरू गर्यौँ । त्यसका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग पनि जुटायौँ । श्रमदानबाट जगको फाउण्डेशन तयार गरी छ्योर्तेन निर्माणको काम आधाउधी पुगेपछि नगरपालिकाबाट समेत बजेट विनियोजना भएपछि सम्पूर्ण कार्य गर्न सहज भयो’ तामाङले बताउनुभयो ।
धुलिखेल नगरपालिका–३ का वडाध्यक्ष गणेश आचार्यले तामाङ समुदायको बाहुल्यता रहेको त्यस बस्तीका युवाले थालनी गरेको काममा नगरपालिकाबाट ७ लाख ५० हजार रुयैयाँ सहयोग गरिएको बताउनुभयो ।
संरचना निर्माणका लागि हालसम्म ११ लाख रुपैयाँ खर्च भइसकेको र यही वैशाखमा पर्ने बुद्धजयन्तीको अवसर पारेर उद्घाटन गर्नेगरी अन्तिम चरणका काम भइरहेका ‘बोधि चैत्य ज्याङ्छ्युक छ्योर्तेन’ निर्माण उपभोक्ता समितिका अध्यक्ष पासाङ तामाङले जानकारी दिनुभएको छ।
बुद्धको चित्तको स्वरुप मानिने छ्योर्तेनलाई बौद्धमार्गीले धर्म सञ्चय गर्ने पवित्रस्थलका रुपमा लिने गर्दछन् । भक्तिभाव र शुद्ध मनका साथ छ्योर्तेन परिक्रमा गर्दा पाप नष्ट हुने र मनले चाहेको पूरा हुने जनविश्वास रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा