
मनाङ । हिमाल पारिको जिल्ला मनाङ भ्रमणमा आएका विदेशी चार पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ । आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो ।
लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।
साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ । यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा