
काठमाडौँ । भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिने प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आजबाट शुरु भएको छ ।
त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभाग र मानविकी तथा सामाजिक शास्त्र सङ्काय, हिरोशिमा युनिभर्सिटी जापानको संयुक्त आयोजित ‘टच द इन्डो–युरोसेयिन प्लेट बाउन्ड्री’ नामक प्रदर्शनी भएको हो ।
प्रदर्शनीका संयोजक तथा विभागका सहप्राध्यापक डा दीपक चम्लागाईंले भूकम्पसम्बन्धी सम्पूर्ण जानकारी दिनु नै प्रदर्शनीको मुख्य आकर्षण रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो प्रदर्शनी भूकम्पसम्बन्धी अध्ययन गरिरहेका अनुसन्धानकर्ता र विद्यार्थीलाई निकै उपयुक्त छ । भूकम्प कसरी जान्छ ? यसले पार्ने प्रभावलाई हामीले स्पष्ट तरिकाले देखाउन खोजेका छौँ ।’
उहाँले नेपाल भूकम्पीय दृष्टिकोणले संसारकै जोखियमुक्त देश मानिने भएकाले समुदायस्तरमा नै भूकम्पसम्बन्धी जानकारी गराउने उद्देश्य प्रदर्शनीले राखेको बताउनुभयो । ‘भूकम्पपछि देखिने विभिन्न दरारहरु अध्ययन गरेका छौँ । त्यसको अवशेष पनि ल्याएका छौँ । भूकम्पीय दरारहरु विद्यार्थी र जनमानसमा कसरी चिनाउने नै हाम्रो मुख्य लक्ष्य हो’ उहाँले भन्नुभयो ।
त्यसैगरी जापानका सहप्राध्यापक डा यासुहिरो कुमहाराले यस प्रदर्शनीले भूकम्प कसरी जान्छ र त्यसपछिका अवस्थालाई ‘थ्रिडी मोडल’ नै बनाएर प्रस्तुत गर्न खोजिएको जानकारी दिनुभयो । ‘हामीले अनुसन्धान गरेर दरारहरु पत्ता लगाएर त्यस विषयमा बुझाउन यो प्रदर्शनी गरेका हौँ’ उहाँले भन्नुभयो– ‘भूकम्पीय दरारहरुकै नमूना ल्याएर देखाउन खोजेका छौँ ।’
उहाँले आगामी दिनमा भूकम्प सम्बन्धी सङ्ग्रहालय नै नेपालमा बनाउन सके राम्रो हुने बताउनुभयो । बिहीबारसम्म चल्ने प्रदर्शनीमा भूकम्पसबन्धी विद्यार्थीका चित्रकला समावेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु