
काठमाडौँ । राजधानीमा जारी वीर गणेशमान सिंह टी -२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराउँदै विजयी भएको छ ।
मूलपानी क्रिकेट मैदानमा मधेस प्रदेशले प्रस्तुत गरेको एक सय २१ रनको लक्ष्य कर्णालीले १५ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा ग-यो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ४० बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यसैगरी हिमान्शु शाहीले अविजित ३२ रन बनाउँदा विपीन शाहीले १७ तथा रवीन्द्र शाहीले १४ रन बनाए ।
बलिङतर्फ मधेश प्रदेशका प्रदीप पास्वान र अभिषेक तिवारीले समान दुई÷दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रनको योगफल बनाएको थियो । मधेसका लागि मायन यादवले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै विशाल पटेलले अविजित ३२ रन बनाए भने प्रदीप पास्वानले १८ तथा कप्तान राहुल मण्डलले ११ रन जोडे ।
कर्णालीका लागि युनिस ठकुरीले दुई तथा दीपेन्द्र रावत, दीनेश अधिकारी, प्रकाश जैसी र कप्तान दिवान पुनले समान एक÷एक विकेट लिए । यस जितसँगै प्रतियोगितामा दोस्रो जित निकालेको कर्णालीले तीन खेलमा चार अङ्क बटुलेको छ । पराजित मधेसको भने चार खेलबाट दुई खेलमा जित हात पार्दै चार अङ्क जोडेको छ । आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई तीन रनले पराजित गर्दै विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा