
नेपालगञ्ज । नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा तीन दिने हनुमान जयन्ती शुरु भएको छ ।
अखण्ड रामायण पाठ, अष्टयाम सङ्र्कीतन एवं निशान पुजनसहित शुरु भएको हनुमान जयन्तीमा भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिनुभएको छ ।
उहाँले निरन्तर होम हुने उल्लेख गर्दै काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेरावस्ती, गोन्डा लगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताउनुभयो । हनुमान जयन्तीको अन्तिम दिन शोभा यात्रापछि करिब १५ हजारका लागि भण्डारा (भोजन) को समेत व्यवस्थापन गरिएको छ ।
‘श्रीरामको कथा प्रवचन भजनर्कीर्तन जहाँ हुन्छ त्यहाँ कुनै नयाँ रुपमा हनुमानजीको दर्शन हुन्छ’ उहाँले भन्नुभयो । हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाको रुपमा विकास भएको बताउनुभयो ।
‘अहिलको कलियुगमा हनुमानजीको चमत्कार जहाँ पनि हुन्छ’ उहाँले भन्नुभयो । विगतको फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ रहेको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर ऋषिमुनीको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रुपमा रहेकाले यसको महिमा बढेको महन्त गिरीले जानकारी दिनुभएको छ ।
हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढदै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गर्नुभयो । उहाँले भारतदेखि समेत साधुसन्तको आगमन हुने जानकारी दिँदै वर्षेनी हनुमान जयन्तीलाई आस्थाको केन्द्रका रुपमा मनाउन थालिएको बताउनुभयो । पछिल्लो समय नेपालगञ्जको बागेश्वरी मन्दिरमा प्रत्येक साताको सोमबार आरती हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु