
गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिना अवधिमा ८ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् ।
चालु आर्थिक वर्षको साउन महिनायता मनास्लु क्षेत्रमा ८ हजार ४ सय ५४ विदेशी पर्यटक भ्रमणका लागि मनास्लु क्षेत्रमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप०का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभएको छ ।
चैतमा मात्रै १ हजार ८ सय २८ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको उहाँले बताउनुभयो । मनास्लु क्षेत्र भ्रमण गर्नेमध्ये सार्क राष्ट्रभन्दा बाहिरका पर्यटक अत्यधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस वर्ष मनास्लु क्षेत्रमा पुगेका पर्यटकमध्ये सार्क राष्ट्रका १ सय ५२ जना रहेका छन् भने ८ हजार ३ सय २ जना अन्य देशका पर्यटक रहेको प्रमुख शेरचनले बताउनुभयो ।
मनास्लु भ्रमण गर्ने पर्यटकमा महिलाभन्दा पुरुष पर्यटकको सङ्ख्या बढी रहेको पाइएको छ । त्यस अवधिमा ४ हजार ८ सय ५३ पुरुष, ३ हजार ५ सय ९७ जना महिला र चार अन्य पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
‘पछिल्लो समय मनास्लु पदमार्ग ट्रेकिङ टुरिज्ममा सबैभन्दा बढी सम्भावना बोकेको पर्यटकीय क्षेत्र बन्दै गएको छ’ उहाँले भन्नुभयो– ‘पर्यटकको आकर्षण हेर्दा पनि मनास्लु क्षेत्रमा ट्रेकिङ टुरिज्ममा सम्भावनालाई झनै बलियो बनाउँदै लगिएको छ ।’
गएको दुई वर्षको अवधिमा समेत मनास्लु क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । मनास्लु क्षेत्रमा गएको आर्थिक वर्ष २०७९÷८० मा ७ हजार ७ सय ५ विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । यस वर्ष सकिन तीन महिना बाँकी रहँदा नै गएको आर्थिक वर्षमा भन्दाबढी पर्यटक मनास्लु क्षेत्रमा पुगेका हुन् ।
‘यस वर्ष करिब १२ हजारभन्दा बढी पर्यटक मनास्लु पुग्ने अपेक्षा गरिएको छ’, प्रमुख शेरचनले भन्नुभयो, अहिलेसम्मको अवस्थालाई हेर्दा कार्यालयले गरेको अनुमान पूरा हुने देखिएको छ ।’ मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् ।
पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् । दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउने भएकाले पनि मनास्लु क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु