
सिन्धुपाल्चोक । त्रिपुरा सुन्दरी गाउँपालिकामा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्करतर्फ जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस शुक्रबार बिहान साढे ७ बजे गाउँपालिकाको वडा नम्बर ५ स्थित धारावतीमा दुर्घटना भएको हो । दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ५२ जना घाइते भएका छन् ।
मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिनु भएको छ । प्रहरी प्रवक्ता भट्टराईका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि बाह्रबिसेतर्फ लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा