
बाँके । नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण शुरु गरेको छ । नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले शुरुवातमा १ सय १७ जनालाई चालक परिचयपत्र वितरण गर्नुभएको छ ।
उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई–रिक्साको व्यवस्थापनको काम गरिरहेको छ ।
ई–रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बीमा गर्ने योजना अगाडि बढाएको नगर प्रमुख विष्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालगञ्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई–रिक्सा चालकले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ ।’ उनीहरुको पेशागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उहाँले भन्नुभयो ।
नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई–रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बीमाको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताउनुभयो ।
नेपालगञ्जमा सञ्चालित ई–रिक्साका चालकलाई बेला ट्राफिक नियमबारेमा सचेतना अभियान थालिएको नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आर्चायले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा