
पाल्पा । अन्तरपालिकास्तरीय खुल्ला पुरुष भलिबल खेलको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ ।
पाल्पाको निस्दी गाउँपालिकामा आयोजना भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३-० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि चुम्न सफल भएको छ । फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले क्रमशः २५-२२, २५-१८ र २५-१४ जितेर चापाकोट उपविजेता बन्दा घिरिङ गाउँपालिका तनहुँ तेस्रो भएको छ ।
निस्दी गाउँपालिकालाई २५-१३, २५-२२ र २८-२६ अङ्कसहित ३-० को सोझो सेटमा पराजित गर्दै घिरिङ तेस्रो भएको छ भने निस्दी गाउँपालिका चौथो भएको छ ।
उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाइकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकालीका दानबहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोटका विवश थापा र उत्कृष्ट कोच बौदीकालीका सञ्जित सिञ्जाली घोषित भएका छन् ।
प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले विजेतालाई पुरस्कार वितरण गर्नुभयो । विजेता टोलीले एक लाख ३० हजार, रुपैयाँ दास्रो हुनेले ८० हजार, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका गरी ६ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा