
कञ्चनपुर । महेन्द्रनगरमा सोमबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।
कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र भीमदत्त नगरपालिकाको सहयोगमा शुरु गरिएको प्रतियोगिताको एक कार्यक्रमकाबीच भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले उद्घाटन गर्नुभयो ।
महेन्द्रनगरस्थित खुल्ला मञ्चमा भएको पहिलो खेल दीपज्योति युवा क्लब र अरनिको युवा क्लबबीच बराबरीमा टुङ्गिँदा समान एक÷एक अङ्कमा बाँडेका छन् । कञ्चनपुर जिल्ला फुटबल सङ्घका महासचिव नितेश रावलले निर्धारित समयमा गोलरहित हुँदा दुवै टोलीले अङ्क बाँडेका जानकारी दिनुभयो ।
सोमबारको दोस्रो खेलमा निङ्गलाशैनी विकास समाजले विजयी सुरुआत गरेको छ । निङ्गलाशैनीले द ग्यालेक्सी युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै आफ्नो विजयी यात्रा शुरुवात गरेको हो ।
आज रोयल गोर्खाज स्पोर्टस् क्लब र आदर्श समाज, कञ्चन समाज र महेन्द्रनगर युनाइटेड तथा अन्तिम खेल त्रिपुरा समाज र राम युवा क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उपाधि विजेता टोली ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेता टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ र सान्त्वना पुरस्कार स्वरुप ११ हजार १ सय ११ रुपैयााँसहित पुरस्कृत हुनेछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) वार्षिक कार्यतालिकाअनुसार भइरहेको प्रतियोगितामा ११ टोली सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा