
बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तु सप्ताह शुरु भएको छ ।
वन तथा वन्यजन्तु संरक्षणका लागि ढोरपाटन सिकार आरक्षले वन्यजन्तु सप्ताह थालेको हो । वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रम ७ गतेसम्म सञ्चालन हुने छ । यस अवसरमा स्थानीयवासीलाई वनजङ्गल र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिनुभएको छ ।
पहिलो दिन प्रभात फेरीसहित जनचेतनामूलक कार्यक्रम गरिएको थियो । सात दिनसम्म आरक्षण क्षेत्रको संरक्षणमा स्थानीयलाई अपनत्व हुने प्रशिक्षण दिइने उहाँको भनाइ छ । पछिल्लो समय चोरी सिकारी बढ्न थालेपछि सिकार आरक्ष कार्यालयले नागरिकलाई वन्यजन्तु सम्बन्धी कानुनी प्रावधानको जानकारी गराउने आरक्ष कार्यालयले जनाएको छ ।
वन्यजन्तु सप्ताहका अवसरमा ढोरपाटन क्षेत्रका विभिन्न स्थानमा सरसफाइ, घोडा दौड प्रतियोगिता, विद्यालय शिक्षा कार्यक्रम, पर्यटन व्यवसायीसँग पर्यटन प्रवद्र्धनसम्बन्धी गोष्ठी सञ्चालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा