
मनाङ । हिमाली जिल्ला मनाङ पर्यटकीय गन्तव्यका रुपमा प्रसिद्ध छ । यस ठाउँको आयस्रोत नै पर्यटन र कृषि मानिन्छ । मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
मनाङको मुख्य केन्द्रका रुपमा रहेको चामे गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको माध्यमबाट नै आत्मनिर्भर हुने लक्ष्य लिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्पष्ट योजना बनाएर नै पालिकाको विकास र समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “पालिकावासीलाई आत्मनिर्भर बनाउन आवश्यक छ, कसरी पालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर आवश्यक योजना निर्माणकै चरणमा छौँ ।” सबै क्षेत्रमा काम गरिरहेका भए पनि दिगो र भरपर्दो योजना अझै निर्माण गरि नसकेको उहाँले बताउनुभयो ।
यहाँको विकासका लागि कृषि र पर्यटन क्षेत्र भएको अध्यक्ष घलेले बताउनुभयो । यसका साथै सडक सञ्जालको विकास पनि आवश्यक रहेको उहाँको भनाइ छ । पालिकाको विकासमा शिक्षा र स्वास्थ्यको पनि उत्तिकै महत्व छ । उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर महत्व दिनुपर्छ । जिल्लाकै केन्द्र र विद्यार्थीको शैक्षिक उन्नयनका लागि पालिकाभित्र दुई आवासीय विद्यालय सञ्चालनको तयारी छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएको अवस्थामा गुणस्तरीयता कायम गर्ने भूमिकामा पालिका लागिपरेको छ ।”
पर्यटकीय याम शुरु भए पनि धुलाम्मे सडकका कारण पर्यटकले सास्ती बेहोर्नुपरेको छ । पर्यटन प्रवद्र्धन गर्न वैकल्पिक पदमार्ग निर्माण गरिरहेको अध्यक्ष घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नम्बर १ र २ मा लगभग सम्पन्न भइसकेको छ । वडा नम्बर ३ र ४ मा योजना बनाउँदैछौँ । ४ नम्बर वडाको कजिनसरा ताललाई प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न पदमार्ग निर्माण तथा धर्मशाला बनाउँदैछौँ ।” बाह्य पर्यटकलाई आकर्षित गर्नकै लागि पूर्वाधार निर्माणका काम भइरहेका अध्यक्ष घलेले बताउनुभयो ।
विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिएको पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण गन्तव्य अन्नपूर्ण पदमार्ग र तिलिचो ताल मानिन्छ । यहाँ आउने पर्यटकमार्फत नै आयस्तर वृद्धिमा जोड्न सक्नुपर्ने उहाँको भनाइ छ ।
यस क्षेत्रको मुख्य आकर्षक त्यहाँबाट देखिने हिमशृङ्खला, ताल एवं सांस्कृतिक स्वरुप र प्राचीन बौद्ध गुम्बा, वनजङ्गल र जातजातिको एकता नै हुन् । चामेमा अवस्थित पर्यटकीय दृष्टिले महत्वपूर्ण प्राकृतिक सम्पदा लमजुङ हिमाल, काजिन सरा )सिङ्गर) ताल, तातोपानी कुण्ड, पदमार्ग, लालीगुँरास बगैँचा लगायत प्राकृतिक सौन्दर्यताका विषयमा पर्यटकलाई जानकारी दिने योजनाअनुसार काम गरिरहेको अध्यक्ष घलेले बताउनुभयो ।
मनाङ उच्च हिमाली भएकाले यहाँ स्थानीय रुपमा स्याउ, आलु, फापर, जौ, गहुँ, करु र उवा उत्पादन हुन्छ । यहाँको उत्पादनले बढीमा तीन महिना मात्रै खान पुग्छ । अध्यक्ष घलेले भन्नुभयो, “पर्यटकलाई अग्र्यानिक खुवाउन मुस्किल छ । कृषिलाई प्रवद्र्धन गर्नु आवश्यक ठानेका छौँ । यहाँको उत्पादन कम समयका लागि पुग्ने हुँदा बाहिरबाट किनेर खुवाउन बाध्य छौँ । अग्र्यानिक खानालाई प्राथमिकतामा राखेर कृषि प्रवद्र्धन गरी कृषितर्फ पालिकावासीलाई आकर्षित गर्नेतर्फ योजना बनाएका छौँ ।” स्थानीय उत्पादन भएन भने पर्यटक आउने बस्ने, बाहिरकै खानेकुरा खाएर पठाउन बाध्य हुने उहाँको भनाइ छ ।
स्थानीय उत्पादन खाद्यवस्तु उत्पादन गर्न नसक्दा बाहिरी वस्तु ल्याएर काम पकाउने र दिने मात्रै भएको अध्यक्ष घले सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ प्रत्येक वर्ष लाखौँ पयर्टक भित्रिन्छन् । तर ती पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकिएको छैन । यो दुःखको विषय हो । पर्यटकलाई यहीँको उत्पादन खुवाउन सकियो भने नागरिकको आर्थिक अवस्था उकासिन्छ । त्यसैले उत्पादनलाई जोड दिइरहेका छौँ ।” खाद्यवस्तु सञ्चितिका लागि अहिले चामेमा चिस्यान केन्द्र स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
सामूहिक खेतीलाई प्राथमिकता दिएको अध्यक्ष घलेले बताउनुभयो । निकट भविष्यमै चामेमा कृषि उपज सङ्कलन केन्द्र बनाउने योजना बनाइएको उहाँले बताउनुभयो । कृषि र पर्यटनलाई मुख्य जीविकोपार्जन र आर्थिक विकासको स्रोतका रुपमा विकास गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । यस दीर्घकालीन सोचले गाउँपालिकालाई स्वच्छ, सहज, सफा, पर्यटकीय तथा गरिबीमुक्त र समृद्ध गाउँपालिकाका रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष घलेले सुनाउनुभयो ।
चामे–३ का वडाअध्यक्ष विनोद लामाले विकट तर पर्यटकीय स्थान भएकाले यसलाई प्राथमिकता दिएर योजना निर्माण गरी आयसँग जोड्ने प्रयासमा रहेको बताउनुभयो । चामे–४ का वडाध्यक्ष लबसाङ लामाले यहाँका पर्यटकीय गन्तव्यको खोजी तथा प्रवद्र्धन गरी पर्यटन क्षेत्रको विकाससँगै आयस्रोत बढाउन योजना बनाएर अगाडि बढेको बताउनुभयो । विकट क्षेत्र, पूर्वाधार अभाव तथा सम्बन्धित विषयसँग विज्ञ ल्याउन खर्चिलो हुँदा पनि यहाँका पर्यटकीय क्षेत्रको प्रवद्र्धन हुन सकेको छैन । यस्ता विकट क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको खोजी तथा प्रवद्र्धन गर्न सके देशकै आर्थिक वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय