
सर्लाही । हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण शुरु भएको छ ।
हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा तटबन्ध निर्माण थालिएको हो । चुरेका किसानको खेतखेतमा पानी पुर्याउने लक्ष्यसहित तटबन्ध निर्माण शुरु गरेको कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बम्जनले जानकारी दिनुभयो । तटबन्ध निर्माणपश्चात् यस क्षेत्रको छ सय बिघा बढी खेतमा सिँचाइ सुविधा पुग्ने उहाँले बताउनुभयो ।
तटबन्ध बनेपछि हरिवन नगरपालिका वडा नम्बर १ अन्तर्गत कोठीखोलामा सुक्खा क्षेत्रमा बाह्रैमास पानी पुग्नेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ अन्तर्गतको बजेटबाट तटबन्ध निर्माण थालिएको हो ।
तटबन्ध निर्माणका लागि उपभोक्ता समितिको ३ लाख ९३ हजार ६ सय १७ रुपैयाँ बराबरको श्रमदान र कार्यालयको ३४ लाख ५६ हजार गरी कूल ३८ लाख ४९ हजार ६ सय १७ रुपैयाँ खर्च हुने अनुमान छ ।
खोलामा ४५ मिटर लामो आरसिसी हार्वेष्टिङ ड्याम र ३० मिटर लामो अर्देन ड्यामको संरचना निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष बम्जनले जानकारी दिनुभयो । योजना सम्झौताअनुसार कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिले २०८१ असार ६ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा