
काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शुक्रबा (आज)देखि ओमानमा शुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियासंग खेल्दैछ । पहिलो दिनको अर्को खेल कतार र हङ्कङबीच हुने छ ।
अल अमेरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ) मा हुने नेपाल र मेलिसियाबीचको आजको खेल नेपाली समय अनुसार दिउसो ४ः१५ बजे शुरु हुने छ ।
वैशाख ९ गतेसम्म सञ्चालन हुने प्रिमियर कपको दोस्रो संस्करणमा १० टोलीको सहभागिता रहेको छ । प्रिमियर कपको पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजित प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ७ विकेटले हराएको थियो ।
नेपाली टोली भारतमा स्थानीय क्लबहरूसँग त्रिकोणात्मक अभ्यास शृङ्खला खेलेर उतैबाट ओमान प्रस्थान गरेको हो । भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरीय क्लब गुजरात र बरोडासँग त्रिकोणात्मक टी–२० शृङ्खला खेलेको थियो ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) का एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट निकै महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ ।
अघिल्लो संस्करणमा पनि नेपाल प्रिमियर कपको विजेता बन्दै एसिया कपमा छनोट भएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए ।
एसीसी प्रिमियर कपको यो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, यो संस्करण भने टी–२० ढाँचामा खेलाइने भएको छ ।
त्यसैले एसीसी प्रिमियर कपको यो प्रतियगिताले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पुर्याउने छ । आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।
नेपाली टोलीः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, विवेक यादव, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, ललित राजवंशी, प्रतिस जीसी, विनोद भण्डारी, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, सागर ढकाल, अविनाश बोहरा, आकाश चन्द
मलेसियाको टोली:
विरनदीप सिंह (कप्तान), अहमद अकील, अहमद फैज, मुहम्मद अमिर अजीम, जुबैदी जुल्किफ्ले, शार्विन मुनिन्दी, ऐनूल हाफिज, सैयद अजिज मुबारक, रिजवान हैदर, नाजमुस साकिब, वान मुहम्मद आजम, खिजर हयात, मुहम्मद वाफी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा