
तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सात वटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।
त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रुपैयाँ विनियोजन भएकामा ३ करोड २६ लाख २१ हजार रुपैयाँ खर्च भएको छ ।
चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाख रुपैयाँमा पुल निर्माण सम्पन्न भएको छ । म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।
गत आवमा ५० लाख रुपैयाँमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा ५० लाख रुपैयाँमा पुल बनेका हुन् ।
इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा ४ करोड रुपैयाँमा पुल निर्माणाधीन छ ।
शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा ३ करोड, बन्दीपुरस्थित खुदीखोलामा १ करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा १ करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा १ करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा १ करोड ७० लाख रुपैयाँमा पुल निर्माणाधीन छ ।
यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा १ करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा १ करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा ५० लाख रुपैयाँमा पुल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा