
कैलाली । धनगढी जेसिजले नयाँ वर्षको २०८१ को अवसरमा वैशाख १ गते ‘धनगढी हाफ म्याराथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
धनगढीको समग्र विकासका लागि ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने दशौँं संस्करणअन्तर्गत हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिनुभयो । जेसिजले युवाको व्यक्तित्व र नेतृत्व तथा क्षमताको विकासका लागि हरेक वर्ष प्रतियोगताको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । ।
नयाँ वर्षको अवसरमा आयोजना शुरु भएको धनगढी हाफ म्याराथनको दशौँ संस्करणले नेपाल एथ्लेटिक्सबाट समेत स्वीकृत प्राप्त गरेको छ । यो म्याराथनमा कुनै ‘रेकर्ड’ बनेमा सोले पनि मान्यता पाउने संयोजक शाहको भनाइ छ ।
प्रतियोगितको विजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ, उपविजेताले ४४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँँ प्राप्त गर्नेछन् । म्याराथन धनगढी रङ्गशालाबाट शुरु भएर शहीद गेट हुँदै गेटा मेडिकल कलेजको मनोहरा पुलको मोड भएर पुनः धनगढी रङ्गशालामा पुगेर समापन हुने धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताउनुभयो ।
प्रतियोगिताअन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको पाँच किलोमिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले ६ हजार ६ सय ६६, उपविजेताले ४ हजार ४ सय ४४ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रवर्द्धकमा जेसिज एभरेष्ट स्कुल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवनको अपरेटिभ्स लिमिटेड रहेका छन् । साथै प्रायोजकमा चैतन्य पाठशाला रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा