
बाँके । बागेश्वरी बहुमुखी क्याम्पस, बाँकेले नव वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
बागेश्वरी क्याम्पसले नव वर्षको २०८१ सालको अवसरमा चैत २९ गते शुभकामना आदानप्रदानको साथै सांस्कृतिक प्रस्तुतिसहित भित्तेपात्रो विमोचन कार्यक्रम आयोजना गरेको हो ।
विद्यार्थीलाई सांस्कृतिक कार्यमा अग्रसर गराउने गराउने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको क्याम्पसका स्ववियु अध्यक्ष देवेन्द्र बुढाले पत्रकार जानकारी दिनुभएको छ । कार्यक्रममा चर्चित कलाकार टंक तिमल्सिना र मोडल रुबिना अधिकारीको प्रस्तुति रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बुढाले बताउनुभयो ।
आफ्ना शुभचिन्तक, विद्यार्थीको चाहना अनुसार भित्तेपात्रो (क्याण्डेर) लाई वार्षिक कार्यक्रम अन्तर्गत प्रकाशन गरिने जानकारी दिँदै क्याम्पसको स्तररोन्नति र विद्यार्थीको रचनात्मक सिप र क्षमताको लागि विभिन्न रचनात्मक गतिविधि गरेको जानकारी दिनुभएको छ । बागेश्वरी बहुमुखी क्याम्पस तीन प्रदेशको ट्रान्जिट पोइन्टको रुपमा रहेकोले यहाँको शैक्षिक गतिविधिलाई जनस्तरमा पुर्याउन, सस्तो र सहुलियत दरमा पढाउने र शैक्षिक गन्तव्यलाई डोर्याउनका लागि सहयोग पुग्ने बताउनुभयो ।
यस्ता अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रमले केवल मनोरञ्जन मात्र प्रदान नगरी विद्यार्थीको प्रतिभा उजागर गर्न साथै विद्यार्थीमा आफ्नो सस्कृतिको सम्वद्र्धनमा समेत सचेतना ल्याउने, विद्यार्थीबीच आपसी सदभावका साथै एकआपसमा सहयोगी भावना जागृत गराउनका लागी समेत यस्ता कार्यक्रम महत्वपूर्ण खेल्ने अध्यक्ष बुढाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा