
काठमाडौँ । एशियाली खेलकुद (एशियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छन् ।
साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो ।
च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत चार वर्षदेखि सञ्चालनमा छ । टेक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्यूयोर्कमा सम्मान गरिएको हो ।
उनलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदुरपश्चिम समाजले ५५०, इन्टरनेसनल मार्सल आर्ट्स एसोसियसन न्यूयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिनुभयो ।
युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औँ एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।
त्यही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औँ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय