
काठमाडौँ । इन्डियन प्रिमियर लिगमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।
एकना क्रिकेट स्टेडियम, लखनउमा टस जितेर ब्याटिङ थालेको घरेलु टोलीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । लखनउका लागि कप्तान केएल राहुलले ३३ रनको योगदान दिए । मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए । आयुष बडोनीले २० रन जोडे । निकोलस पुरन ३२ रनमा अविजित रहे । उमेश यादव र दर्शन नलकन्डेले २-२ विकेट लिए ।
जवाफमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात ११ बलअघि नै १ सय ३० रनमा समेटियो । कप्तान शुभमन गिल १९ रनमा आउट भए । साई सुदर्शन सर्वाधिक ३१ रन बनाए । राहुल तेवातियाले ३० रन जोडे । लखनउका यश दयाल एक्लैले ५ विकेट लिए । क्रुनाल पान्ड्याको नममा ३ विकेट रह्यो ।
लखनउ ४ खेलमा ३ जितसहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जितेसहित सातौं स्थानमा छ ।
हिजै सम्पन्न अर्को खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै प्रतियोगितामा पहिलो जित हात पार्यो ।
आज आईपीएलमा चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा