
बाँके । अनलाइन र मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम कोहलपुरमा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा तालिम संचालन गरिएको हो । तालिमको उदघाट्न गर्दै कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले मोबाइल र अनलाइन पत्रकारिता तालीमले पत्रकारहरुलाई खोज मुलुक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुग्ने बताउनुभएको छ ।
उहाँले प्रविधिको विकाससँगै ठूला क्यामरा बोक्नु पर्ने र क्यामरा पर्सनसमेत आवश्यक पर्ने समस्यालाई मोबाइल तालिमले सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै समाचार तयार पार्दा स्रोतको पहिचान गर्नुपर्ने बताउनु भयो ।
त्यस अवसरमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकार सधैं स्वतन्त्र भएर समाचार लेख्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा प्रशिक्षक जनक नेपाल ,रचना बज्राचार्य लगायतले सहजीकरण गरिरहनुभएको छ । सोमबारसम्म संचालन हुने तालिममा बाँकेका ४८ जना पत्रकार सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- एसिसी यू–१६ : नेपालको लगातार तेस्रो जित, इन्डोनेसिया ३७० रनले पराजित
- दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै