
डोल्पा । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ ।
गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी दिनुभएको छ ।
मर्मतका लागि बन्द भएको ३८ दिनमा काम अन्तिम चरणमा पुगेकाले अब ढिलामा एक साताभित्रै सबै काम सम्पन्न हुने शाहीले बताउनुभयो । ‘डोल्पावासीका लागि यातायातको प्रमुख एवं भरपर्दो साधन हवाई यातायात नै भएकाले अहोरात्र काम भइरहेको छ, त्यसमा पनि स्थानीय युवा व्यवसायीको सक्रियताका कारण पनि काम छिटो भयो’ शाहीले भन्नुभयो ।
सकेसम्म वैशाख १ गतेभित्रै हवाई सेवा सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । निर्माणको जिम्मा आजीवन तामाङ मरिन जेभी धादिङले मूल्य अभिवृद्धि करसहित रु छ करोडमा लिएको छ । विमानस्थलको धावनमार्ग कतै उठेको कतै बसेको र केही ठाउँमा चिरा परेर भासिएपछि एक सय ८५ मिटर स्तरोन्नति गरिएको हो ।
धानवमार्ग जीर्ण भएकै कारण सरकारी तथा निजी एयरलाइन्स कम्पनीले पनि पटक–पटक उडान गर्न नसकिने बताउँदै आएका थिए । विमानस्थल मर्मतको काम सकिएपछि सहजरूपमा हवाईजहाज आवातजावत गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा