
झापा । ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे नगर्चीको योगदानलाई स्मरण गर्दै ५१ हजार रुपैयाँँसहित उनीहरुलाई सम्मान गरिएको हो ।
बिर्तामोडमा बुधबार गोर्खा फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, नायक राजेश हमाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, सहकारी अभियन्ता महेन्द्र गिरी र भुवनसिंह विश्वकर्मालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
देशको सबैभन्दा ठूलो सहकारीको नेतृत्व गर्नुभएका गिरीले कोभिड महामारीका बेला स्थानीयस्तरमा गर्नुभएको योगदान, अभिनेता हमालले एक सय ७० भन्दा बढी चलचित्रमा अभिनय गरेर कला, संस्कृति प्रवद्र्धनका निम्ति निर्वाह गर्नुभएको भूमिका, भारतमा जन्मेर स्तरीय नेपाली सिनेमा निर्देशन गरी दर्शकको मन जित्न सफल घिमिरेको कामको कदर गर्दै सम्मान गरिएको फाउण्डेसनका अध्यक्ष बिरु दर्नालले बताउनुभयो ।
अन्टार्टिकामा पहिलो पाइला राख्ने नेपालका ७१ वर्षीय विश्वकर्मा र दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बन्नुभएकी परियारलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय परिचय बनाएका व्यक्तिको आदर गर्नु सबैको कर्तव्य हो भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा