
नेपालगञ्ज । बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालिकामा र बैजनाथ गाउँपालिकाको टटिहिरीयामा स्थायी आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ ती केन्द्रमा पछिल्लो समय सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।
खजुरा, नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि तथा कर्मचारी खर्च प्रदेश सरकारबाट र आरोग्य सेवा केन्द्रमा एक जना कविराजको खर्च प्रदेश सरकारले बेहोर्ने गरेको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका प्रमुख वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले आयुर्वेद उपचार गर्न आउनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । ‘सेवाग्राही बढ्दै जाँदा औषधिको सीमित बजेट पुग्ने अवस्थामा छैन’ उहाँले भन्नुभयो ।
हाल यी केन्द्रबाट आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क पाइन्छ । उहाँ भन्नुहुन्छ– ‘औषधि खरिदको बजेटसमेत कटौती हुँदा निःशुल्क औषधि वर्षभरी पु¥याउन हम्मेहम्मे छ ।’ वरिष्ठ कविराज रेग्मी आयुर्वेद औषधि कतिपय रोगमा निकै प्रभावकारी हुने गरेको उल्लेख गर्दै आयुर्वेद उपचारमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताउनुभयो ।
स्वास्थ्य केन्द्रका सूचना अधिकारी चौधरीले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रमअन्तर्गत हाते पुस्तिका वितरण गरिरहेको जानकारी दिँदै आहारविहार, योग, ध्यान, खानपान सिकाउन आवश्यक भएको बताउनुभयो ।
१९ हजारले लिए सेवा
बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रबाट १९ हजारभन्दा बढीले पछिल्लो छ महिनामा सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले जिल्लामा आयुर्वेद सेवा लिनेहरुको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म १९ हजार दुई सय ३८ रहेको जानकारी दिनुभयो ।
केन्द्रका अनुसार साउनमा तीन हजार एक सय ७६, भदौमा तीन हजार २१, असोजमा तीन हजार छ सय ३१, कात्तिकमा दुई हजार छ सय, मङ्सिरमा तीन हजार एक सय एक, पुसमा तीन हजार सात सय नौ जनाले उपचार सेवा लिएका छन् । उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका छन् । उक्त उमेर समूहका १३ हजारभन्दा बढीले छ महिनामा उपचार लिएका छन् ।
यहाँ बाहिरी जिल्ला बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगु लगायतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा