
सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिका–५ योगिनियाँमा ३५ कोठाको चार तले पशु अस्पताल भवनको निर्माण शुरु गरिएको छ ।
करिब ९ करोड ९३ लाख रुपैयाँ लागतमा निर्माण हुने भवनको कञ्चन कन्सट्रक्सन सातदोबाटो, ललितपुरले ठेक्का लिएको छ । कन्सट्रक्सनले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेको हनमानगर कङ्कालिनी नगरपालिकाले जनाएको छ ।
चार तले ३५ कोठे भवनमा पशुसम्बन्धी हरेक रोगको उपचार गर्ने लक्ष्य राखिएको नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार समपूरक योजना अन्तर्गत ५० प्रतिशत सङ्घीय सरकार र ५० प्रतिशत बजेट नगरपालिकाले बेहोर्नेछ । अस्पताल भवनको राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा जयकान्त राउतले शिलान्यास गर्नुभएको थियो ।
कोशी नदीको समिपता, पर्याप्त चरणको उपलब्धता, पक्षीजन्य जीवनको आधार, मधेस प्रदेशको प्रवेश एवं निकास तथा भारत–नेपालको सीमा भन्सारका कारण यस नगरमा पशुपक्षीको व्यावसायिक पालन र स्वरोजगारको माध्यमबाट आर्थिक, सामाजिक एवं सुखद जनजीवनको पर्याप्त सम्भावना देखिएको छ ।
भवन निर्माण र सेवा प्रवाहपछि गाईगोरु र भैँसी बिरामी परेका बेला सदरमुकाम राजविराज धाउनुपर्ने अवस्था अन्त्य हुने स्थानीय अकाश यादवको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा