
काठमाडौँ । पोखराको लेखनाथस्थीत अर्चलेमा तिब्र गतिमा गुडिरहेको बसको स्टेयरिङ फेल भएर दुर्घटना भएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
उक्त दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस स्टेयरिङ फेल भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते हुनुभएको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।
बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर