
काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङमाथिको निलम्वन फुकुवा भएको छ ।
सांसद गुरुङमाथि निलम्बन निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चको निर्णयले सांसद गुरुङको निलम्बन फुकुवा भएको हो । न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले शुक्रबार गुरुङलाई निलम्वन गर्ने संघीय संसद् सचिवालयको निर्णय बदर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखेको पत्रका आधारमा संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद गुरुङलाई २०७९ साल पुस १२ निलम्वन गरेको थियो ।
गुरुङविरुद्ध २०७५ माघ २१ नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । गुरुङ मुद्दा अदालतमा विचाराधीन रहेका बेला २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा विजयी हुनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर