
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्रवर्द्धनका लागि भूमिका खेल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार आयोजित नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआइसिसीआई) को १०औँ वार्षिक साधारणसभामा सञ्चारमन्त्री शर्माले नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा कसरी पु-याउन सकिन्छ र बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याएर अर्थतन्त्रलाई योगदान दिन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो । विभिन्न मुलुकसँगको द्विपक्षीय व्यापार प्रवर्द्धन र लगानी वृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।
भूकम्पपछिको पुनःनिर्माणमा इटालीले नेपाललाई गरेको सहयोगको स्मरण गर्नुहुँदै सञ्चारमन्त्री शर्माले नेपालमा बढी पर्यटक पठाउने मुलुकमा इटाली पनि अग्रस्थानमा रहेको बताउनुभयो । इटालीका लगानीकर्तालाई नेपालमा थप लगानी बढाउन पनि उहाँले आग्रह गर्नुभयो । आगामी बैशाखमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा इटालीबाट उल्लेख्य लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरेको उहाँको भनाइ छ ।
‘नेपालले लगानी सम्मेलन आयोजना गर्दैछ । वैदेशिक लगानी भित्र्याउनका लागि थप सहज बनाउन दर्जनभन्दा बढी कानुन ‘फास्टट्र्याक’मा संशोधन हुँदैछन्’ सञ्चारमन्त्री शर्माले भन्नुभयो– ‘सरकारले सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्राथमिकता राखेको छ । नेपालमा यसको सम्भावना पनि राम्रो देखिएको छ ।’
नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले दुई देशबीचको आर्थिक तथा व्यापारिक साझेदारीलाई थप बढाउन निजी क्षेत्रले भूमिका खेल्ने बताउनुभयो । नेपालको निर्यात व्यापारलाई कसरी बढाउन सकिन्छ र मुलुकको अर्थतन्त्रलाई योगदान पु-याउन सकिन्छ भनेर निजी क्षेत्रले प्रयास गरिरहेकामा सरकारका तर्फबाट साथ सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेयले दुई देशको व्यापार र लगानी साझेदारीका लागि थप पहलको आवश्यकता औँल्याउनुभयो । लगानी तथा व्यापार सहजीकरणका लागि पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चारमन्त्री शर्माले ‘एनआइसिसीआई डाइरेक्टरी’को अनावरण पनि गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा
- सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा ९ रिट निवेदन दायर