
जुम्ला। खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका विद्यार्थी र जनसमुदायले भोग्दै आएका खानेपानीलगायत समस्या समाधान गरिने बताउनुभएको छ ।
सपना देख्नसक्ने र त्यो सपना पूरा गर्न सक्ने जनशक्ति कर्णाली प्रदेशमा रहेको बताउनुभएको छ ।
आज जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय तथा तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलीगाढ खानेपानी आयोजनाको अवलोकनपश्चात् उहाँले खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पनि भूमिका खेल्ने बताउनुभयो ।
यहाँको हिमा गाउँपालिका–१ देवारगाउँमा आइतबार आयोजना हुने वास सम्मेलनमा सहभागिता जनाउन र खानेपानीबारे बुझ्न मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठलगायतको टोली आज यहाँ पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा