
काठमाडौँ । बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको तेस्रो संस्करण आउने जेठ १० गतेदेखि हुने भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एशेसिशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले मार्ट आयोजना गर्न लागेको हो । मार्टको उद्घाटन समारोह, अन्तरराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी जेठ १० र ११ गते काठमाडौँमा हुनेछ । जेठ १२ गते लुम्बिनीमा बी–टू–बी सत्र, फार्म ट्रिप, नेटवर्किङ डिनर तथा समापन समारोह हुने नाट्टाले जनाएको छ ।
मार्टमा अन्तरराष्ट्रिय बौद्ध पर्यटनमा रुचि राख्ने १५० भन्दा बढी खरिदकर्ता (इन्टरनेसनल होस्टेड बायर्स) तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्रेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । मार्टमा भारत, चीन, भूटान, म्यान्मार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्कालगायत प्रमुख बौद्ध राष्ट्रबाट एक हजार १ सय भन्दा बढी आगन्तुकको उपस्थिति रहनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले मार्टको माध्यमबाट नेपाललाई अन्तरराष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रचारप्रसारका लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना छ, जुन विश्वभरिका करोडौँ मानिसहरूसँग भावनात्मक सम्बन्ध राख्दछ । बिआइटिएम २०२५ जस्तो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने विश्वास लिएको छु । यसले दीर्घकालीन पर्यटन प्रवर्द्धनमा सहयोग पु-याउनेछ ।’
मार्ट नेपालको धार्मिक पर्यटन, विशेषतः बौद्ध सम्पदाको प्रवर्द्धनका लागि एक ऐतिहासिक अवसर साबित हुने नाट्टाले विश्वास गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा