
भोजपुर । मुन्दुम पदमार्गका विकास तथा प्रवर्द्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सञ्चालन गरिएको छ । यहाँ आउने पर्यटकलाई लक्षित गरेर रैथाने खाना महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाउने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा भुटेको मकै, कुखुराको वाचिपा ९तिते०लगायत परिकारसँगै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको हो । त्यस्तै माछाको सुकुटी, पाहा, कोदोको मःम, कोदोको ढिडोको परिकारको पनि प्रदर्शनी गरिएको छ ।
स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणसँगै आउने पयर्टकले खान पाउने रैथाने खानेकुराको जानकारी दिने उद्देश्यका साथ रैथाने खाना महोत्सव सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुख्य रूपमा मुन्दुम पदमार्गमा आउने पर्यटकलाई यहाँको खानाको परिकारको विषयमा जानकारी दिन महोत्सव आयोजना गरिएको उपाध्यक्ष राईको भनाइ छ ।
गाउँपालिकाको संयोजन र पर्यटनमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गरिएको हो । महोत्सवले यहाँका स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको जीविकोपार्जनमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई सफल बनाउन महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ ।
चखेवामा रैथाने महोत्सव सञ्चालनले स्थानीयवासी उत्साहित भएका छन् । यहाँ आउने पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनका परिकार खुवाउने होटल व्यावसायीहरूको भनाइ छ ।
पर्यकटलाई लक्षित गरेर नयाँ वर्षको अवसरमा दुई दिने महोत्सव सञ्चालन गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा