
कालीकोट । लाल-लैफु सडक निर्माण अन्तिम चरणमा पुगेको छ । नरहरिनाथ गाउँपालिकाको लालुबाट पचालझरना गाउँपालिका नानीकोट हुँदै बाजुराको सिमानासम्म जोड्ने लालु–लैफु राजमार्ग निर्माण अन्तिम चरणमा पुगेको हो ।
निर्माण व्यवसायीको ढिलासुस्ती, पर्याप्त बजेट अभाव हुँदा अछाम, कालीकोट, बाजुरा हुँदै मुगु र हुम्ला जोड्ने लक्ष्यका साथ निर्माण थालिएको राजमार्गले अन्तिम रूप लिएको रास्कोट नगरपालिका ५ का स्थानीय जगतबहादुर शाहीले बताउनुभयो ।
कालीकोटमा एक पालिकाबाट अर्को पालिका हिँडेर पुग्न एक दिन लाग्ने अवस्थामा लालु(लैफु सडकको रास्कोट(पचालझरना खण्डमा मोटर गुड्न थालेपछि दिनभरको समय सदुपयोग भई करिब डेढ घण्टामा झरेको उहाँले जानकारी दिनुभयो । ‘धेरै पहिलादेखि निर्माणसम्बन्धी बहस भइरहेको लालु–लैफु सडकले अहिले सार्थकता पाएको छ’ उहाँले भन्नुभयो– ‘अहिले सडकमा गाडी गुड्न थालेका छन् ।’
सङ्घ र प्रदेश सरकारको साझेदारीमा लालु(लैफु राजमार्गअन्तर्गत ४५ किलोमिटर खण्डमा निर्माण र नालासहित ग्राभेलको काम भइरहेको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख हरि शर्मा धितालले बताउनुभयो । सोमध्ये रास्कोट ५ बाट पचालझरना गाउँपालिका ९ सम्मको करिब ८ किमीमा कडा चट्टानी भाग रहेको भन्दै केके एनएनएस जेभी सुर्खेतले निर्माणको जिम्मा लिएको उहाँले जानकारी दिनुभयो ।
‘विसं २०८० पुस गते ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिएको निर्माण कम्पनीले अहिले करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ’ उहाँले भन्नुभयो– ‘बायोइञ्जिनियरिङको कामबाहेक अरु सबै काम अबको दुई महिनाभित्र पूरा हुने विश्वास लिएका छौँ । अहिले सुक्खा भएकाले वर्षायाममा बायोइञ्जिनियरिङको काम गर्नुपर्ने हुन्छ ।’
तीस महिनामा सक्ने काम १५ महिना नपुग्दै सम्पन्न हुने अवस्थामा पुगेको प्रमुख धितालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त खण्डमा द्रुत गतिमा ग्राभेलको काम भइरहेको छ ।
कूल २८ करोड रुपैयाँमा निर्माण हुने त्यो सडक २१ करोड रुपैयाँको ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष १४ करोड रुपैया खर्च भएको छ भने चालु आवमा ५ करोड रुपैयाँबाट काम भइरहेको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा