
जलेश्वर । महोत्तरीसहित धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट, सिरहा र सप्तरी लगायतका जिल्लामा आज सतुवाइन पर्व मनाइँदै छ ।
नयाँ वर्षका दिन मधेशमा सतुवाइन पर्व मनाइने गरेको जलेश्वर नगरपालिका ५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो । चना, मकै, जौ, भटमास लगायतका वस्तुलाई भुटेर त्यसलाई पुनः पिँधेंर पिठो तयार गरिन्छ । सोही पिठोको सातु खाएर आजका दिन मिथिलाञ्चलमा सतुवाइन पर्व मनाइने चलन रहेको जलेश्वर ८ का पण्डित बद्रीनारायण झाले जानकारी दिनुभयो ।
जलेश्वर नगरपालिका १ स्थित जलेश्वरनाथ महादेव मन्दिरका पूजारी उपेन्द्र पाठक सातुले शीतलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुरसम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ नयाँ वर्षको पहिलो दिन मिथिलाञ्चलमा सातु खाएर सबैले सतुवाइन पर्व मनाउने चलन रहेकोे बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘आजका दिन यस क्षेत्रका प्रत्येक घरका प्रत्येक सदस्यले कुनै कुरा खानु अघि सबैभन्दा पहिले सातु खाने गर्दछन् । सातुलाई चिनी, सख्खर वा आफ्नो स्वाद अनुसार नूनसँग पनि खाने चलन छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन