
भोजपुर । भोजपुर नगरपालिका ७ कोदार रङ्गशालामा भइरहेको मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलको पहिलो सेमिफाइलमा गण्डकी प्रदेश विजयी भएको छ ।
प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३-० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५-२१, २५-१९ र २५-१५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइल खेल सुदूरपश्चिम र कोशी प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।
बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकारअन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले २० लाख रुपैयाँ सहयोग गरेको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता छ ।
प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार र चौथो हुने टोलीले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच विधामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँका दरले प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’