
काठमाडौँ । चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो।
कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका हुन्। १७.६ ओभरमा नन्दन यादवले उनलाई बोल्ड आउट गरे।
आजको खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय टी-२० डेब्यु गरेका नन्दनले नेपालका लागि महत्त्वपूर्ण विकेट लिँदै अन्तर्राष्ट्रिय करियरको डेब्यु विकेट लिए।
ओपनिङमा आएका अर्मुगागणेश नागाराजनले १३ रन बनाए अर्का ओपनर रिफाई ठेरुभात ६ रनमा क्याच आउट भए। शाहजैब जामिलले ३१ रन बनाए। मुजीव उर रहमान २० र मोहम्मद ईर्साद १८ रनमा अविजित रहे।
बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’