
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौँका लागि हिड्नुभएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा हुनुभएका लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुन आउन लाग्नुभएको हो ।
भोली शनिबार परेकाले उहाँ आइतबार मात्र अदालतमा उपस्थित हुनुहुनेछ ।
लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उहाँलाई परिवारको जिम्मा लगाएको थियो । उहाँ आज साढे २ बजेका लागि काटेको जहाजको टिकेट रद्द गरेर स्थल मार्ग हुँदै काठमाडौँ आउन लाग्नुभएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित सात जनालाई कास्की जिल्ला अदालतले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै लामिछाने सहित ७ जना अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनको हिरासत बसाइपछि अदालतले तोकेको ६५ लाख धरौटी बुझाएर हिजो साँझ रिहा हुनुभएको हो । अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियाका लागि स्वयं उपस्थित हुने सर्तमा कास्की अदालतले उनलाई रिहा गर्न आदेश दिएको हो ।
रिहा भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले सबैलाई धन्यवाद दिँदै कानुनप्रति आफ्नो विश्वास र सम्मान रहेको बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो