
काठमाडौँ । सांसदहरुले वैवाहिक स्थितिका आधारमा महिलाको समावेशी समूह परिवर्तन गरेर प्रतिनिधित्व गर्नु उचित नहुने धारणा व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाअन्र्तगतको महिला तथा सामाजिक न्याय समितिको आजको बैठकमा समिति सदस्यहरुले महिलाकोे विवाहपछिको थरका आधारमा समानुपातिक प्रतिनिधित्व गर्दा न्यायसंगत नहुनेमा जोड दिनुभएको छ ।
सांसद रोशन कार्कीले समानुपातिक निर्वाचनमा महिलाको वैवाहिक अवस्थितिले पनि प्रतिनिधित्व गर्दा असर परेको धारणा राख्नुभयो । सांसद कल्पना मियाँ कुसारीले महिलाको समावेशी समूह वैवाहिक अवस्थाले निर्धारण गर्दा प्रतिनिधित्वमा फरक पर्ने विषयमा सहमति जनाउनुभयो । उहाँले भन्नुभयो– ‘समानुपातिक निर्वाचनभित्र क्लस्टरमा समस्या देखिएको छ । मेरो बुझाइमा विवाहपछि परिवर्तन हुने क्लस्टरबाट प्रतिनिधित्व गर्नु गलत हो ।’ यस विषयमा निर्वाचन आयोगसँग समेत छलफल गर्नपर्ने उहाँको भनाइ छ ।
बैठकमा ‘समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङ्कन’ विषयमा नेपाल इन्टिच्युट फर पोलिसी रिसर्चले तयार गरिरहेको अध्ययनमा समिति सदस्यहरुले टिप्पणी एवं सुझाव प्रस्तुत गर्दै समावेशी समूहका विषयमा थप अध्ययन गरेर निष्कर्ष निकाल्न सुझाव दिइएको थियो ।
समिति सदस्य सुशीला सिर्पाली ठकुरीले पनि समानुपातिक निर्वाचनमा समूहमा पनि कुन समूहको निर्वाचित गर्ने भन्ने विषयमा राजनीतिक दल पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो