
बाँके । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मोमोे महोत्सव हुने भएको छ । नयाँ वर्ष २०२५ को शुरुवातसँगै दोस्रो मोमोे महोत्सव गर्न लागिएको हो ।
सिद्धार्थ हस्पिटालिटीको आयोजनामा पुस २५, २६ र २७ गते दोस्रो मोमो महोत्सव हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत कटेजका प्रबन्ध सञ्चालक पदम न्यौपानेले जानकारी दिनुभएको छ । सिद्धार्थले यसअघि विसं २०८० माघ ११, १२ र १३ गते पहिलो मोमोे महोत्सव आयोजना गरेको थियो । पहिलो संस्करणमा ४० भन्दा बढी प्रकारका मोमोे राखिएको भन्दै मोमोको परिकारलाई देशभरि चिनाउने उद्देश्यले दोस्रो संस्करणको महोत्सव आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
३ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा प्रत्येक दिन फरकफरक कलाकारको सांस्कृतिक प्रस्तुति रहने प्रबन्ध सञ्चालक न्यौपानेले बताउनुभयो । पहिलो दिन स्थानीय कलाकारलाई प्राथमिकता दिँदै मोहिनी पौडेलसहितको टिमले नृत्य प्रस्तुत गर्नेछ भने दोस्रो दिन नेपालगञ्जको ‘लाइभ ब्याण्ड द समय ब्याण्ड’ सँगसँगै मोमो बनाउने र पकाउने प्रतियोगिता हुनेछ ।
मोमो बनाउने र पकाउने प्रतियोगिताका निःशुल्क नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । ‘नाम दर्ता गर्न सिद्धार्थ कटेज नेपालगञ्जको शोधपुछ शाखामा गएर दर्ता गर्न सकिनेछ’ न्यौपानेले भन्नुभयो । अन्तिम दिन राष्ट्रिय कलाकार पशुपति शर्मासँगै स्थानीय कलाकारको प्रत्यक्ष दोहोरी, नृत्यसँगै सामुदायिक रूपमा मोमो पकाउने प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा सिद्धार्थ होटेल नेपालगञ्जका मुख्य प्रशिक्षक बद्री कोइरालाले भन्नुभयो– ‘देशैभरि मोमोका विभिन्न परिकारलाई परिचित गराउने उद्देश्यले यो महोत्सव आयोजाना गर्न लागेका हौँ । महोत्सवमार्फत मोमोका विभिन्न प्रकारको पहिचान गराउने लक्ष्य छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो