
काठमाडौँ । २०८० सालकात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई भूकम्प हुँदा क्षतिग्रस्त निजी आवासको प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापनाको विस्तृत विवरण सम्बन्धित स्थानीय तहको नेतृत्व स्थानीय तहका प्राविधिकमार्फत सङ्कलन गर्ने निर्णय भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक सहयोग, सहजीकरण र समन्वयमा यथाशक्य चाँडो विवरण सङ्कलन सुरु गरिने प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।
जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हालैको बैठकले ‘विपद प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि, २०८१’ लाई पुस १६ गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्मा पश्चिम नेपाल भूकम्प तथा मनसुनजन्य विपद् पुनर्लाभ कार्ययोजनामा छलफल भएको र अर्को बैठकको निर्णयपछि पुनर्निर्माण तीव्र गतिमा थालिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो