
मेलम्ची । सरोकारवालाले मेलम्चीको बाढी लगायत जलवायुजन्य क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका छन् ।
पोखरा विश्वविद्यालयले मेलम्ची नगरपालिकासँगको सहकार्यमा ‘स्थानीय तहमा जलवायु वित्तको पहुँच र जलवायुवित्तसम्बन्धी परियोजना विकास’ विषयमा आज आयोजना गरेको गोष्ठीमा उनीहरुले जलवायु परिवर्तनका कारण भएको क्षतिको पूर्तिका निम्ति आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएका हुन् ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा २०७८ सालमा जलवायु परिवर्तनका कारण ठूलो बाढी आएको र त्यसबाट भीषण क्षति भएको उल्लेख गर्दै ‘जलवायु परिवर्तनको असर घटाउन परियोजना नै सञ्चालन गर्न आवश्यक छ’ भन्नुभयो । जलवायुजन्य हानिनोक्सानीको पूर्तिका निम्ती अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङले जलवायु परिवर्तनका कारण भौतिक तथा मानवीय क्षति बढेकाले त्यसको दीर्घकालीन असर समाधान खोज्नुपर्छ भन्नुभयो ।
नेपाल जलवायु पहल (एनसिआइ) का अध्यक्ष प्राध्यापक डा मदन कोइरालाले जलवायुजन्य परिस्थितिका कारण मेलम्चीमा बाढीको विपद्का निम्तिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो