
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगन गरिएको छ । काठमाडौँमा आजदेखि शुरु भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेकाले भोलि बिहान पुनः बस्नेगरी स्थगन भएको सहमहामन्त्री प्रदीप कार्कीले जानकारी दिनुभयो ।
भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य र सहकारीपीडितको समस्या समाधानका उपाय पहिल्याउने मुख्य एजेण्डाका रूपमा समावेश गरिएको राजनीतिक प्रतिवेदनमा पार्टीले समान विचारधार भएकाहरूसँग सकेसम्म एकता गर्ने, एकता सम्भव नभए समान विचारधारा भएका दलसँग सहकार्य गर्ने वा मोर्चा बनाउने उद्देश्य राखेको छ ।
सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेकोभन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार पार्टीको वैचारिक एजेण्ड हुने उल्लेख गरिएको प्रतिवेदनमा पार्टीले विगतमा जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्थाको मान्यता लिएकामा नेपालको भूराजनीतिक अवस्था, धार्मिक, सामाजिक परिवेश एवं विद्यमान धरातलीय यथार्थलाई दृष्टिगत गर्दै उक्त एजेण्डमा पुनर्विचार गर्नुपर्ने भनेको छ ।
निर्वाचनमा बढ्दो व्यापारीकरण, अपराधीकरण बढेकाले निर्वाचन प्रणालीमा समावेशिता र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता र प्रजातन्त्रको सुदृढीकरणसहित सुधारको माग गरिएको छ । संविधान संशोधनका क्रममा जनताले नरूचाएको धर्म निरपेक्षता, सङ्घीयता हटाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरिएको छ ।
बैठकमा महामन्त्री राजाराम बर्तौलाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न