
काठमाडौँ । जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।
विज्ञका अनुसार फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा यो भाइरस सर्न सक्दछ । ती छिटा श्वासबाट फोक्सोमा पनि जाने र भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहन्छ– ‘फ्लू एक प्रकारको भाइरल सङ्क्रमण हो । यो सङ्क्रमण भएको दुईदेखि तीन दिनमा लक्षण देखिन शुरु हुन्छ । यसको लक्षण भनेको उच्च ज्वरो आउनु, जिउ दुख्नु, घाँटी दुख्नु, कसैकसैलाई पखाला लाग्ने पनि हुनसक्छ । यसले जटिलताको अवस्थामा निमोनिया गराउन सक्छ ।’
त्यसैगरी टाउको दुख्नु, खोकी लाग्नु, जीउ र मांसपेशी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनुआदि थप फ्लूका लक्षण हुन् । यद्यपि फ्लू भएका सबैलाई ज्वरो नआउन पनि सक्छ ।
चिकित्सककाअनुसार प्रशस्त आराम र झोलिलो पदार्थको सेवनले फ्लू सातादेखि १० दिनसम्ममा निको भएर जान्छ । फ्लू भएका अधिकांश व्यक्तिहरुलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधिहरु आवश्यक पर्दैन । डा पुन भन्नुहुन्छ– ‘सङ्क्रमित हुँदा आराम त गर्नुप-यो नै । यसले अरुलाई सार्नसक्ने सम्भावना पनि कम हुन्छ । कतिपयलाई ब्याक्टेरयाले थप सङ्क्रमण गरायो भने एन्टिबायोटिकको आवश्यकता पर्न सक्छ त्यसका लागि चिकित्सकको परामर्श लिनुपर्छ ।’
फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिने, सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, प्रशस्त तरल पदार्थ र पौष्टिक खानाको सेवन गर्ने लगायत सुझाव चिकित्सक दिनुहुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता कम भएका, दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिकलाई बढी जटिल बनाउनसक्ने भएकाले सजग र स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्छ । ‘जोखिम समूहका व्यक्तिले चिकित्सकसँग परामर्श लिएर औषधि लिनुपर्ने हुन्छ । फ्लूविरुद्ध खोप पनि उपलब्ध छ । खोप लगाएमा यसले थप जटिल हुन अवस्थाबाट धेरै हदसम्म कम गराउँछ’ डा पुन भन्नुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो