
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले कार्यान्वयनयोग्य नीति निर्माणका लागि तथ्याङ्कलाई मुख्य आधारका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय तथ्याङ्क दिवस–२०८१ का अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुख्यसचिव अर्यालले तथ्याङ्क कार्यालयले उपलब्ध गराउने तथ्याङ्कका आधारमा सरकार, मन्त्रालय र विभागले आ–आफ्ना नीति तथा योजना निर्माण गर्ने भएकाले उपलब्ध गराइने तथ्याङ्क अनुसन्धान र सत्यमा आधारित हुनुपर्ने बताउनुभयो । कार्यान्वयनयोग्य नीति निर्माण गर्न तथ्याङ्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले तथ्याङ्क सार्वजनिक गर्दा निश्चित मापदण्ड अपनाउनुपर्ने उल्लेख गर्नुभयो ।
‘हाम्रा नीति तथ्याङ्कमा आधारित हुन सक्यो भने ती प्रभावकारी र कार्यान्वययोग्य हुन्छन् । नीतिमा देखिएको दोहोरोपन तथा कार्यान्वयनमा देखिएको समस्या समाधान लागि प्रधानमन्त्री कार्यालयमा नीति प्रयोगशाला (पोलिसी ल्याब) समेत स्थापना गरिएको छ मुख्यसचिव अर्यालले भन्नुभयो– ‘निर्माण भएका नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न तथ्याङ्कको सही उपयोग गर्न आवश्यक छ । साथै तथ्याङ्क तयार पारी सार्वजनिक गर्ने समयमा निश्चित मापदण्ड र मानक अवलम्बन गर्न आवश्यक छ ।’
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत राखिँदा तथ्याङ्क कार्यालय र योजना आयोगबीच सहकार्य विस्तारमा समस्या भइरहेको बताउनुभयो । तथ्याङ्कमा आधारित नीति निर्माणको आवश्यकता औँल्याउँदै उहाँले तथ्याङ्कलाई सही तरिकाले प्रयोग गर्न सके नीति र योजना निर्माणमा ठोस सुधार आउने धारणा राख्नुभयो ।
‘नीति र योजना निर्माणसँग जोडिएका कारण सबैभन्दा बढी तथ्याङ्क योजना आयोगलाई चाहिन्छ । अहिले तथ्याङ्क कार्यालय मातहत गएपछि योजना आयोगसँगको सहकार्य कमजोर हुँदै गएको छ । यस विषयलाई हामीले गम्भीर भएर समीक्षा गर्नुपर्छ’ सचिव मरासिनीले भन्नुभयो ।
कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले तथ्याङ्क कार्यालयले राम्रो कार्यसम्पादन गरे पनि विभिन्न चुनौतीसँग जुधिरहेको बताउनुभयो । सबै पालिकाबाट तथ्याङ्क प्राप्त गर्न नसकिएको, स्थानीय तहहरूसँग समन्वयको कमी र प्रदेश तथा स्थानीय तहमा आवश्यक जनशक्तिको अभाव लगायत कारणले तथ्याङ्क सङ्कलन चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।
तथ्याङ्क कार्यालयको भवन निकै पुरानो भएको बताउँदै बुर्लाकोटीले गणकलाई पर्याप्त सेवा सुविधाको अभाव रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यालयले गरेका अध्ययन र सर्वेक्षणका तथ्याङ्क गलत नभएको दाबी गर्दै उहाँले त्यसलाई कसरी उपयोग गर्ने भन्ने कुरा नीति निर्माणकर्ताको क्षमतामाथि निर्भर हुनेसमेत बताउनुभयो ।
प्रदेशस्तरीय तथ्याङ्क कार्यालयलाई सहसचिवस्तरीय नेतृत्व प्रदान गर्नुपर्ने, तत्काल कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्नुपर्ने, गणकलाई सेवा सुविधामा सुधार गरी प्रोत्साहन गर्नुपर्ने, तथ्याङ्क सङ्कलनमा स्थानीय तहसँग प्रत्यक्ष सहकार्य बढाउनुपर्ने लगायत विषय उहाँले उठाउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय