
काठमाडौँ । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको हो ।
मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ । यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ ।
भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँ लाग्ने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजार रुपैयाँमा हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल