+

‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’लाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ को सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री निवासमा अभियानकर्मीहरुसँग आज भएको भेटमा उहाँले राष्ट्रिय बाल कल्याण परिषद्को अगुवाइमा आजदेखि आरम्भ भएको त्यो अभियानलाई शुभकामना दिनुभएको हो ।


बालविवाह अपराध भएकाले यसविरुद्ध अभियान सञ्चालन गरी मुलुकलाई बालविवाह मुक्त राष्ट्र बनाउने सङ्कल्पपत्रमा प्रधानमन्त्री ओलीले हस्ताक्षर पनि गर्नुभयो । मुलुकी अपराध संहिता, २०७४ मा बालविवाहलाई दण्डनीय मानेको छ ।

त्यस अवसरमा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, लुुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, भारतको ‘जष्ट राइट्स फर चिल्ड्रेन’ का संस्थापक भुवन रिम्भु र अभियानमा संलग्न बालविवाहको सिकार भएकाहरुको उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै