
भोजपुर । कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्ययात्रा’को विमोचन चर्चा गरिएको छ ।
सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहित उपस्थित व्यक्तिले कविता कृतिको विमोचन गर्दै यसको चर्चा गर्नुभएको हो ।
भोजपुरको उत्तर षडानन्द नगरपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नुभएको थियो । कवि श्रेष्ठको यो पहिलो कविता कृति हो । कविता कृतिभित्र ५८ वटा कविता समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लास्थित त्रिवेणी साहित्य प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा कवि श्रेठको कृतिमाथि शङ्करकुमार राई, बाबुराम ओझा र सङ्ग्राम किराँतीले परिचर्चासहित टिप्पणी गर्नुभएको थियो ।
साथै कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख थुलुङ, कवि श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष सुवास विभास श्रेष्ठ लगायतले कविता कृतिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल