
झापा । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ ।
महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका त्यस स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको ६ वटा मनमोहक डाँडा छन् ।
मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर र गुम्बाको मर्मतसम्भारमा ३० लाख ३९ हजार १ सय ८० रुपैया खर्च भएको कृष्णथुम्की विकास समितिका अध्यक्ष हिम्मत क्षेत्रीले बताउनुभयो । यसमा शहरी विकास मन्त्रालयले २८ लाख पाँच हजार एक सय ९७ रुपैया सहयोग गरेको र समितिको आन्तरिक स्रोतबाट २ लाख ३४ हजार ६ सय २६ रुपैयाँ जुटाइएको उहाँले जानकारी दिनुभयो ।
मन्दिर र गुम्बाको मर्मतसम्भारपछि कृष्णथुम्की धार्मिक क्षेत्रको मुहार नै फेरिएको छ । पहाडी अग्लो टाकुरामा रहेको मूल मन्दिर पुग्न रेलिङसहितको पक्की सिँढी निर्माण गरिएको छभने गुम्बा, साकेला थान र राधाकृष्णको मन्दिर रङरोगन गरेर आकर्षक बनाइएको छ ।
समितिका सचिव डिगेन्द्र थापाले मूल मन्दिरमा पित्तलको छानो लगाइएको जानकारी दिनुभयो । साकेलाथान र गुम्बाको प्राङ्गण ढलान गरिएको छ । मन्दिर र बगैँचा परिसरमा ब्लक र टायल्स बिछ्याएको छ । पूर्वीद्वार काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर मेची र सिद्धी नदीको सङ्गमस्थलमा रहेको कृष्णथुम्की धार्मिक क्षेत्र हिन्दू, किरात र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । बर्सेनि हजारौँ बाह्य तथा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् ।
यो क्षेत्र दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँका छवटै थुम्कीबाट नेपाल र भारतको टाढासम्मको भूभाग अवलोकन गर्न सकिन्छ । द्वापर युगमा श्रीकृष्णले चराएको गाईको खुरको दर्शन र दृश्यावलोकन गर्न नेपाल र भारतका पर्यटक आउने गरेको समितिका अध्यक्ष क्षेत्रीले बताउनुभयो ।
झापाको काँकडभिट्टाबाट इलामको सलकपुर र श्रीअन्तु जोड्ने सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको र दक्षिणतिरबाट सडक कालोपत्र भइरहेको हुँदा आगामी दिनमा कृष्णथुम्कीसम्म पुग्नका लागि पर्यटकलाई सहज हुने क्षेत्रीले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गलाई चार लेनको एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको र बाहुनडाँगीमा मदन भण्डारी राजमार्गको प्रस्थानबिन्दु रहेका कारण बाहुनडाँगी क्षेत्रका कृष्णथुम्कीलगायत ऐतिहासिक धार्मिक क्षेत्रको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने सम्भावना छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल